बागलुङमा ग्यास लिग भएर आगलागी

माघ २८, बलेवा ।  आज बिहान बागलुङ बजारस्थित हाडेपाखामा ग्यास चुहिएर आगलागी भएको छ । बानपा–२ का रेशमबहादुर विश्वकर्माको घरमा आगलागी भएको प्रहरीले बताएको छ । 

एलपी ग्यासको सिलिण्डर खुला छाडेका कारण लिग भएर आगलागी हुँदा घरमा क्षति भएको छ । डेरामा बस्ने पार्वती विश्वकर्माले ग्यास खुला छाडेकाले उक्त आगलागी भएको थियो । समयमै प्रहरी र दमकललाई जानकारी गराइएकाले घटनामा ठूलो क्षति भने भएन ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *