कुनै पनि देशमा शोषकले हस्तक्षेप गरे नेपाल बोल्छ: रामनारायण बिडारी

 

माघ २९, काठमाडौँ । राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले भेनेजुएला प्रकरणमा हस्तक्षेपविरुद्ध बोल्नु सरकारको दायित्व भएको बताएका छन् । 

मंगलबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले पञ्चशीलको सिद्धान्त मान्ने नेपाल सरकार संसारको कुनैपनि देशमा बेइमानी शासकले हस्तक्षेप गरेमा बोल्ने बताए । 

null

‘संयुक्त राष्ट्रसंघको सदस्यको हैसियतले संसारको कुनैपनि देशमा बेइमानी शासकले हस्तक्षेप गर्यो भने त्यहाँ नेपाल बोल्छ । बोल्नुपर्ने कर्तव्य हुन्छ’, सांसद बिडारीले भने, ‘खबरदार ! अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर भनेर बोल्न पाउनुपर्छ र बोल्ने उसको कर्तव्य हो । यो सरकारको दायित्व पनि हो । सरकारले बोलेर ठिक गर्यो ।’ 

बिडारीले यस्तो अन्यायको बेला कम्युनिस्ट पार्टीले बोल्ने दाबी गर्दै भने, ‘संसारको कूनै पनि मुलुकमा अन्याय भयो भने कम्युनिष्टहरु बोल्छन्। अरु चुप लागेर दलाली गर्छन् । कम्युनिष्टले खबरदारी गर्छ। चलायमान पार्टीको मुख्य कर्तव्य नै हो। पार्टी र सरकारले आआफ्नो तरिकाले बोल्यो।’ 

त्यस्तै उनले धेरै कुरामा जनतामा भ्रम परेको भन्दै जनतालाई भ्रममा राख्न नहुने बताए । ‘धेरै कुरामा जनतामा भ्रम पर्यो । थाहा दिनुपर्यो । जति धेरै थाहा भयो, उति हुन्छ विकास र प्रगती । जनतामा अन्याय, अत्याचार, भ्रष्टाचारको भ्रम पर्यो ।’ 

सांसद बिडारीले वैकल्पिक राजमार्गमा रहेको आपतकालीन त्रिभुवन राजपथमा नौबिसेदेखि भैसेसम्म बाटो चाँडै मर्मत गर्न पनि सरकारको ध्यानाकर्षण गराए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =