यसरी बन्नुहोस् पुरुष पनि गोरो र सुन्दर

माघ २५ । एउटा सुन्दर अनुहारले जो कोहीलाई पनि मोहित बनाउँछ । आजभोलीको जवानामा सौन्दयको बिषयमा महिला मात्र होईन पुरुष पनि ध्यान दिन थालिसकेका छन् । यो परिवर्तनशिल समाजमा पुरुषहरूमा पनि गोरो हुने होडबाजी चलिरहेको छ । पुरुषहरु पनि आफूलाई गोरो र सुन्दर बनाउँन बिभिन्न उपायहरु अपनाई रहेका हुन्छन् । महिलाहरु जति आफ्नो सौन्दर्यको कुरामा ध्यान दिई रहेका हुन्छन् त्यति पुरुषले आफ्नो सौन्दयमा ध्यान नदिने भएकोले महिलाको तुलनामा पुरुषको अनुहार अलि रफ हुने हुन्छ । 

तर आजभोली युवाहरु  आफ्नो सौन्दर्यको बिषयमा धेरै नै सचेत भएको देखिन्छ । पुरुषहरुलाइ गोरो बनाउँने बिभिन्न क्रिमहरु बजारमा जहाँत्यही पाईन्छ तर यस्ता केही घरेलु उपायहरुछन् जस्ले पुरुषलाई गोरो र सुन्दर बनाउँन मदत गर्नेछ । 

 

null

  

बदाम, चन्दन, नीमको पाता र बेसारः दूधको साथ लेप बनाएर लगाउनुहोस् र १५ मिनेटको लागि छोड्नुहोस् । यसपछि मनतातो पानीले धुनुहोस्, जसले त्वचाको रंगमा निखार आउँछ । 

जैतुनको तेल र आर्गन तेलः यस तेलले मालिश गर्दा त्वचाको चमक बढ्छ । अनुहार गोरो हुन्छ र त्वचामा स्वस्थ चमक आउँछ । 

बेसन र दहीः बेसन र दही मिलाएर लगाउँदा अनुहारको चमक तुरुन्त बढ्छ र अनुहार सफा हुन्छ । 

कागतीको साथ महः यो संवेदनशील त्वचाको लागि राम्रो हुन्छ । यसलाई लगाउँदा केही हप्ता पछि त्वचामा निखार आउन थाल्छ । 

महः महको केही थोपालाई कागती र थोरै दहीको साथमा मिक्स गरी अनुहार लगाउनुहोस् । १५ मिनेट पछि यसलाई सफा गर्नुहोस् । यसबाट अनुहार गोरो हुन्छ र फोहोर पनि सफा हुन्छ । 

टमाटर र कगातीः टमाटरको पल्पलाई लगाउँदा तुरुन्त फरक देखिन्छ । यसलाई थोरै कागतीको रसको साथ प्रयोग गर्नुहोस् । यो संवेदनशील त्वचाको लागि उपयोगी हुन्छ । 

चन्दन : गोरो रंग प्रदान गर्नुको साथै एलर्जी र डन्डीफोरको समस्याबाट पनि छुट्कारा दिलाउँछ । यो पेस्ट तयार गर्नका लागि चन्दनको पाउडरमा १ चम्मच कागती र टमाटरको रस मिलाउनुहोस् । पेस्टलाई अनुहार र घाँटीमा राम्रो सँग लगाउनुहोस् । 

कागतीको रसः कागतीको रस त्वचामा रगड्दा तेल एवम् फोहोर राम्रो तरिकाले सफा हुन्छ । कागतीको रसमा साइट्रीक एसिड हुन्छ, जसले त्वचालाई राम्रो सँग ब्लीच गर्छ । यदि तपाईको अनुहारमा कालो दागधब्बा रहेको छ भने केही दिन कागतीको रस रगड्नुहोस्, जसले दागधब्बा हल्का बनाउँछ । 

काक्राको रसः त्वचाको टोन हल्का गर्नको लागि काक्राको रस अत्यन्त उपयोगी हुन्छ । तपाई आफ्नो अनुहारमा काक्रा रगडेर २० मिनेट सम्म लगाएर राख्नुहोस् । 

एलेभोराः एलोभेराको जेल एन्टी अक्सीडेन्टको एक राम्रो स्रोत हुन्छ, जसले त्वचालाई मर्मत गर्छ । साथै यो एक राम्रो मोइश्चराइजर पनि हुन्छ । 

बेसार र दूधः एक कचौरामा काँचो दूध लिएर थोरै बेसार मिक्स गर्नुहोस् । अब यस दूधलाई अनुहारमा लगाउनुहोस् र १०/२० मिनेट सम्म राख्नुहोस् । यसपछि चिसो पानीले धुनुहोस् । 

खाने सोडाको उपयोगः बेकिंग सोडामा पानी मिलाएर पेस्ट तयार गर्नुहोस् र दुई/तीन थोपा हाइड्रोजन पेरोक्साइड या सिरका मिलाएर त्वचालाई राम्रो सँग रगड्दा त्वचा सफा हुन्छ । 

चिनी र कागतीः चिनीलाई कागतीको रसमा मिलाएर हल्का हातले अनुहारमा रगड्नुहोस् । यसबाट मृत त्वचा हट्छ र फोहोर बाहिर निस्किन्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *