मलेसियामा कार्यरत १ लाख २५ हजार नेपाली कामदार अवैध

काठमाडौं । केही समय अघिसम्म नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने मुलुक मलेसियामा १ लाख २५ हजारभन्दा बढी नेपाली कामदार अवैध रुपमा बसोबास गर्दै आएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा श्याम खतिवडाले लेखेका छन् । पहिलो कम्पनी छोडेर अन्यत्र जाँदा हुने वैधानिक संकटका बारेमा जानकारी नहुँदा धेरैजसो नेपाली कामदार अवैध हुने गरेको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ । मेनपावर कम्पनीमार्फत सम्झौता भएअनुरुपको तलब काम गर्ने कम्पनीले नदिएको, तोकिएभन्दा बढी र अप्ठ्यारो काम लगाएको लगायत कारणबाट कामदारले कम्पनी परिवर्तन गर्ने गरेका छन् ।तर, त्यसरी कम्पनी परिवर्तन गर्दा हुने कानुनी संकटका बारेमा धेरै कामदार अनभिज्ञ रहेको राजदूतावासका प्रथम सचिव विनोद मुखियाले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *