महिनावारी नियमित हुँदैन यसाे गर्नुहाेस्

 

फागुन १५ । महिलाहरु महिनावारी हुनु भनेको प्रकृतिक नियम हो । महिनावारी हरेक महिनामा हुनु अति आवश्यक हुन्छ । साधरण तया महिलाहरु किशोरावस्था लागे सँगै महिनावारी शुरु हुन्छ । आजभोली धेरै महिलाहरु महिनावारीको समस्याबाट ग्रसित छन् । 

धेरै महिलाहरुको महिनावारी नियमित हुँदैन यो समस्या दिनानु महिलाहरुको लागि जटिल बन्दै गईरहेको छ । महिनावारी अनियमित भएमा महिलाहरुलाई बिभिन्न स्वास्थ्य सम्बन्धी समस्याहरु आईपर्छन् मुख्य समस्या भनेको यदी कुनै पनि महिलाको महिनावारी हरेक महिनामा हुँदैन भने ती महिला आमा बन्ने सम्भावना धेरै कम हुन्छ ।  

null

 महिनावारी अनियमित हुनुको मुख्य कारण उनिहरुको स्वास्थ्य अवस्था गडवढ, तौल घटवढ, खानपान र रहनसहनका कारण महिनावारी नियमिति रुपमा हुँदैन । केही यस्ता प्रयोगहरु छन् जसको कारणले तपाईको अनियमित महिनावारीको समस्या बिस्तारै हट्दै जानेछ । 

– गुँड र तिलको लड्डुको सेवन गर्दा पनि महिनावारीको अनियमिततालाई हटाउन सकिन्छ । 

– यदि तपाईले मुलाको बिउलाई पिसेर पानीसँग दैनिक आधा चम्चा खाँदा महिनावारी नियमित हुने गर्छ । 

– यदि तपाईले सुकाई राखेको अनारको बोक्रालाई पिसेर प्रयोग गरेमा महिनावारीमा आउने विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ । पानीसँग एक चम्चा धुलोलाई मिसाए पिउनुपर्छ । 

–  मुला, भटमास, मेथी, गाँजरको मिश्रणबाट जुस बनाई पिउँदा पनि महिनावारीकाे समस्याबाट बच्न सकिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + nine =