क्लब डेजाभुका तीन सञ्चालक पक्राउ

फागुन १०, काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले दरबारमार्ग स्थित डेजाभु क्लबका सञ्चालकलाई पक्राउ गरेको छ । 

साढे २ करोड रुपैयाँ ठगी गरेको आरोपमा बिहीबार साँझ सञ्चालक प्रवेश श्रेष्ठ, प्रतीक श्रेष्ठ र समीप शिलाकारलाई प्रहरीले पक्राउ गरेको हो । 

क्लबका सञ्चालक मनोज श्रेष्ठविरुद्ध पनि प्रहरीमा केही समय अगाडि उजुरी परेको थियो। मनोजले दिएको २ करोड रुपैयाँ बराबरका नबिल बैंकका दुईथान चेक बाउन्स भएपछि प्रहरीमा उजुरी परेको हो । श्रेष्ठको विरुद्धमा नेपाल प्रहरीले डिफ्युजन नोटिस समेत जारी गरेको छ। 

null

पछिल्लो समय क्लवका संचालक विभिन्न विवादमा पर्दै आएका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *