१८ बर्षदेखिको छारे रोग नोबेलले निको पार्दा हर्षले भक्कानिइन आमा (भिडियोसहित)

बिराटनगर, २६ माघ । १८ बर्ष अघि देखि छारे रोगबाट पीडित छोराको अप्रेशन सफल भएर निको भएपछि नवलपरासीकी वासना चापागाँईका आँखामा हर्षका आँसु छचल्किए । ७ बर्षकै उमेरदेखि छारे रोगका कारण बारम्बार पीडा झेल्दै आएका २५ बर्षीय विशाल चापागाँईलाई बिराटनगरको नोबेल शिक्षण अस्पतालले अप्रेशन गरेर निको पारेको हो । 

 

सामान्यतया छारे रोगीहरुले लामो समयदेखि नियमित औषधि सेवन गर्दै आएका हुन्छन् । तर, अहिले अप्रेशनको माध्यमबाट पनि छारे रोग निको पार्न थालिएपछि छारे रोगीले नियमित औषधि सेवन गर्नुपर्ने बाध्यता हटेको छ । नोबेलका बरिष्ठ न्यूरो सर्जन डा.आईप चेरियन, डा.प्रकाश काफ्ले लगायत चिकित्सकहरुको टोलीले अप्रेशन गरेर बरदाघाट–४ नवलपरासीका चापागाँईको छारे रोग निको पारेपछि उनको परिवारमा अहिले खुशीयाली छाएको छ । 

null

‘१८ बर्षअघिदेखि पीडामा थियौ । छोरा बारम्वार पीडाले तड्पिएको देख्नु भन्दा निको भए हुन्छ नभए जे होला भन्ने अवस्थामा पुगेर छोराको अप्रेशन गरायौ ।’ आँसु खसाल्दै वासनाले भनिन् ‘आस मार्नुपर्ने अवस्थामा पुगिसकेको छोरा निको हुँदा हर्षले आँसु थाम्नै सकिन ।’ 

 

विशाललाई बर्षौ अघिदेखि छारे रोगले बारम्बार सताउँदै आएको थियो । हिड्दै गर्दा वा जुनसुकै अवस्थामा पनि उनी बेहोस हुने गर्थे । हिड्दा–हिड्दै वेहोस भएर लड्दा उनको हात भाचिएको थियो । विशाललाई उपचारका लागि नेपाल र भारतका करिव १५ वटा अस्पताल पुर्याइयो । अस्पतालको उपचार मात्र नभएर जडिबुटी र धामिझाँक्रीको भरमा पर्दा पनि रोग जस्ताको तस्तै रहेपछि उनीहरु आजित भईसकेका थिए । 

नोबेल अस्पतालमा भेटिएका विशालका बुवा रुद्रप्रसादले विगतको पीडा सुनाउँदै भने ‘छोरालाई निको पार्न हदसम्म उपाय गरियो, जसले जे भन्छ त्यही गर्दै जादा ३० लाख भन्दा बढी खर्च भयो । तर, धन्न नोबेलमा आईपुगेर छोरा ठीक भयो ।’ अन्त केही सिप नलागेर अन्तिममा नोबेल अस्पताल ल्याईएका विशाललाई नोबेलमा अप्रेशनको माध्यमबाट निको पारिएको हो । 

विरलै मात्र हुने यो अप्रेशन नोबेलले अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको सहायतामा सफलतापूर्वक गर्दै आएकाले छारे रोगीहरुलाई उपचारमा सहज भएको अस्पतालका बरिष्ठ न्यूरो सर्जन डा.आईप चेरियन बताउँछन् । 

अप्रेशनको माध्यमबाट छारे रोग निर्मुल पार्न थालिएकाले अब नियमित औषधि सेवन गरी रोग पालेर नबस्न छारे रोगीहरुलाई नोबेल अस्पतालका न्यूरो सर्जन डा.प्रकाश काफ्लेको सुझाव छ । ‘अप्रेशनको माध्यमबाट छारे रोग निको पार्न सकिन्छ भन्ने थाहा नभएकै कारण धेरै विरामीहरु रोग पालेर बसिरहनुभएको हुन्छ ।’ 

उनले भने ‘पीडा झेल्दै बस्नु भन्दा अप्रेशन गरेर छारे रोग निको पार्नु धेरै उत्तम हो ।’ दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरेको नोबेलले अत्यन्तै दुर्लभ र जटिल शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको छ । 

हेर्नुहाेस भिडियाे 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *