धुर्मुश–सुन्तली फाउन्डेसनलाई क्रिकेट मैदान बनाउन आर्थिक सहयोग

माघ २१, चितवन । चितवन जिल्ला क्रिकेट संघले धुर्मुश–सुन्तली फाउन्डेसनलाई भरतपुरमा क्रिकेट मैदान बनाउन आर्थिक सहयोग प्रदान गरेको छ ।
रंगशाला बनाउनका लागि डीपीआर घोषणा कार्यक्रममा चितवन जिल्ला क्रिकेट संघका कोषाध्यक्ष भरत कुँवरले संघका तर्फबाट धुर्मुश–सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेललाई २ लाख ५५ हजार ५ सय ५५ रुपैंयाको चेक हस्तानतरण गरेका हुुुन् । धुर्मुश–सुन्तली फाउन्डेसनले झन्डै ३ अर्बको लागतमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने महत्वकांक्षी योजना अगाडि सारेको छ ।
भरतपुर महानगरपालिकाले क्रिकेट रंगलशाला बनाउन रामपुरस्थित कृषि तथा विज्ञान विश्वविधालयको २० बिघा, ६ कठ्ठा जग्गा धुर्मुश–सुन्तली फाउन्डेसनलाई उपलब्ध गराएको छ । त्यही अन्तर्राष्ट्रिय रंगशाला निर्माणको आइतबार भरतपुरमा डीपीआर घोषणा कार्यक्रम गरिएको थियो । चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले धुर्मुश–फाउन्डेसनले यत्रो ठूलो योजना चितवनमै ल्याउँदा आफूहरूले सानो सहयोग गरेको जनाए।
null
त्यस्तै जिल्ला क्रिकेट संघका सदस्य सुदिप पियाले फाउन्डेसनलाई संघको पूर्ण सहयोग रहने जनाए । चितवन जिल्ला क्रिकेट संघले यसअघि धनगढीमा क्रिकेट रंगशाला बनाउन ‘ड्रिम फाप्ला’ अभियानमा ५० हजार सहयोग गरेको थियो ।








