बिना मेकअप यसरी सुन्दर बन्नुहोस्

फागुन ६ । सुन्दर रुपले मान्छेको व्यक्तित्वमा नै प्रभाव पारी रहेको हुन्छ । सुन्दर हुने चाहाना सबैको हुन्छ । मेकअपले त जो कोहीलाई नि सुन्दर बनाउँछ । तर बिना मेकअप कसरी सुन्दर बन्न सकिन्छ धेरैको मनमा यो जान्ने ईच्छा हुन्छ, हामीले बिना मेकअप सुन्दर हुनलाई खानपानमा पनि बिशेष ध्यान दिनुपर्ने हुन्छ । बिना मेकअप यसरी सुन्दर बन्नुहाेस केही टिप्स तल  दिईएको छ । 

 

सुत्नुभन्दा अगाडि मेकअपलाई राम्ररी पुछ्नुहोस्: 

null

मेकअपका सामाग्रीहरुमा विभिन्न किसीमका रसायनहरु प्रयोग गरिएको हुन्छ । जस्ले हाम्रो छालामा नराम्रो असर गर्छ । त्यसैले सधैं अनुहारको मेकअप पुछेर सफा गरेर मात्र सुत्ने बानी गर्नुहोस् । 

प्रयाप्त मात्रामा पानी पिउनुस् : 

पानीले छालाको अनावश्यक विषादि र फोहोरलाई बाहिर निकाल्छ । यसका साथै यसले छालालाई सुख्खा हुन दिदैंन । छालालाई चम्किलो बनाउनको लागि तपाईंले हरेक दिन २ लिटर पानी पिउन जरुरी छ । 

मुख धुनु्स् : 

हरेक दिन दुईपटक मुख धुनुहोस् । यसको साथै अनुहारमा मोइस्चराईजरको प्रयोग पनि गर्नुहोस् । धेरै मुख धुने बानीले अनुहारलाई सुख्खा बनाउँछ । मुखलाई तातो पानीले धुनाले छालाको स–साना छिद्रहरु खुल्छ , जस्ले गर्दा विभिन्न किसीमका जिवाणुहरु र फोहोर भित्र पस्ने सम्भावना हुन्छ । त्यसैले सधैं चिसो पानीले मुख धुनुहोस् । 

पोषिलो खाद्यपदार्थको सेवन:  

तपाईंले जुन खाद्यपदार्थको सेवन गर्नुहुन्छ, त्यसको असर हाम्रो छालामा पनि पर्ने हुन्छ । सहि मात्रामा पोषिलो खाद्यपदार्थको सेवनले छालासम्बन्धि विभिन्न समस्याहरुलाई हटाउनमा मद्धत गर्छ । छालालाई चम्किलो बनाउनको लागि तपाईंले केही यस्ता खाद्यपदार्थहरु जस्तै माछा , मासु , फलफूल , गोलभेडा आदिको सेवन गर्नुपर्ने हुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *