माघ २५ देखि ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्सपो’ हुने

काठमाडौं। ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्सपो’ हुने भएको छ। यही माघ २५, २६ र २७ गते भृकुटीमण्डपमा पाँचौँ एक्सपो हुने आयोजकले जनाएको छ। 

एक्सपो मिडिया स्पेस सोलुसन्स र फ्युचर्र ट्रेडको संयुक्त आयोजनामा हुने छ। प्रदर्शनीमा बिभिन्न देसका ३ सय भन्दा बढी ब्रान्डका १ सय ५० स्टल रहनेछन्। निर्माण कम्पनी, डिलर, सब डिलर, र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बिन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउन विगत चार वर्षदेखि यस्तो प्रदर्शनी हुँदै आएको छ। 

प्रदर्शनीले नेपालमा हाल भइरहेका समग्र निर्माण क्षेत्रको विकास, पुननिर्माण तथा आधुनिकीकरणमा टेवा पुर्याउने आयोजकको दाबी छ । 

null

निर्माण क्षेत्रमा नयाँ प्रविधिका समान भित्राउने तथा विदेशमा सफलतापुर्वक प्रयोग भएका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने तथा नेपालमा उपलब्ध सामाग्री तथा प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन सहयोग पुग्ने विश्वास छ। 

यस्तै नेपालमा उपलब्ध सामाग्री तथा प्रविधिहरुलाई विदेशी संस्थाहरुको सामु देखाउने हो । नयाँ निमार्ण कम्पनी, डिलरलाई यस क्षेत्रमा आएका नयाँ प्रविधि सम्बन्धी जानकारी गराउन एक्सपोको आयोजना गरिएको आयोजकले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। 

यस प्रदर्शनीले समग्र निर्माण क्षेत्रको बिकासमा सहयोग पुग्ने आयोजकको दाबी छ। प्रदर्शनीमा घर बनाउन चाहिने ब्यक्ति, आर्किटेक्ट इन्जीनियर्स, कन्टरयान्टरर्स, विल्डर्स, तथा इन्टेरियर डिजाइनर्सको सहभागिता रहने छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *