हिमपातले हुम्लामा हवाई सेवा ठप्प, हावाहुरीले विद्यालयको छानो उडायो

माघ २७, हुम्ला । दुर्गम हिमाली जिल्ला हुम्लामा सञ्चालित एकमात्र यातायात साधन हवाई सेवा चार दिनदेखि पूर्णरुपमा बन्द छ । 

बुधबार दिउँसोदेखि हिमपातसँगै चलेको हावाहुरीका सिमकोट विमानस्थलमा बाक्लो हिउँ जमेको छ । लगातारको हिमपातले सिमकोट विमानस्थलको हिउँ पन्छाउने कार्य शनिबारदेखि शुरु गरिएको छ । 

शनिबार दिउँसोदेखि विमानस्थलको हिउँ पन्छाउन थालिए पनि हवाई सेवा सञ्चालनमा ल्याउन अझै दुई दिन लाग्ने बताइएको छ । 

null

हुम्लादेखि नेपालगञ्ज र सुर्खेत जाने यात्रु तथा नेपागञ्ज र सुर्खेतदेखि सिमकोट आवतजावत गर्ने यात्रुसहित अन्य सामग्री ढुवानी गर्न नसकिएकाले सिमकोटमा दैनिक उपभोग्य सामानको पनि अभाव देखिन थालेको छ । 

यस्तै भारी हिमपातसँगै चलेको तीव्र हावाहुरीले एक दर्जनभन्दा बढी विद्यालयको छाना उडाउनुका साथै स्थानीय बासिन्दाका टिनले छाएका घरका छानासमेत उडाएको छ । छानो उडाएपछि कक्षाकोठाभित्र हिउँ जमेको छ । कोठामा राखिएका खाद्यान्न हिउँले भिजेकाले खाना पकाउनसमेत नहुने भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *