सार्वजनिक यातायातमा विद्यार्थीलाई छुट दिन नेविसंघकाे माग

 

माघ २९, चितवन । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ चितवनले यातायातका सवारीसाधनमा विद्यार्थी छुट नदिएको भन्दै चितवन प्रशासनको ध्यानाकर्षण गराएको छ । 

सोमबार नेविसंघ केन्द्रीय सदस्य सरोज रेग्मीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै सार्वजनिक सवारी साधनले विद्यार्थीहरुलाई छुट नदिएको भन्दै यसको कार्यान्वयनका लागि माग गरेको हो । 

null

सार्वजनिक सवारी साधनले मनपरी भाडा अशुल गर्दै आएको भन्दै यसलाई रोक्दै जान सरोकारका विषयमा प्रशासनको ध्यान जान सकेको छैनन्,’ रेग्मीले भने, ‘ई रिक्सा, अटो रिक्साहरुको समेत मनपरी उस्तै छ । तसर्थ, हामीले तत्कालै भाडादर नियन्त्रण गर्न माग गरेका छौँ ।’ 

रिक्साहरुले आफूखुशी भाडा अशुली गर्दै आएको भन्दै यसलाई नियनत्रणमा नलिए सर्वसाधारण मारमा पर्ने नेविसंघको ठहर छ । 

यता, कृषि प्रधान देशमा उत्पादनले बजार नपाएको प्रति पनि नेविसंघले चिन्ता व्यक्त गरेको छ । जिल्लामा उत्पादित वस्तुले बजार नपाउनु र अन्य क्षेत्रबाट ती खाद्यान्न ल्याइनुले जिल्लाका कृषक मारमा परेको भन्दै ज्ञापनपत्रमा विचौलिया नियन्त्रणका लागि माग समेत गरिएको छ । 

कृषि तथा वन विज्ञान विश्व विद्यालयका पदाधिकारी तथा कर्मचारीहरुले सरकारी सवारी साधनको दुरुपयोग गरेको भन्दै नेविसंघले आपत्ति जनाएको छ । सरकारी सम्पतिमा नीजि नम्बर प्लेट राख्ने र सार्वजनिक बिदाकोे दिन समेत सञ्चालन गर्ने गरेको भन्दै यसलाई रोक्न प्रशासनलाई पहल चाल्न समेत आग्रह गरेको छ । 

नेविसंघको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले विद्यार्थीले उठाएका जायज मागहरुको सम्बोधनका लागि काम अघि बढाउने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *