एन आई सी एशिया बैंक पुग्यो पर्वतको वारीवेनी

माघ २१, पर्वत । ‘एन आई सी एशिया बैक पनि साथी पनि’ भन्ने स्लोगनका साथ अगाडी बढेको एन आई सी एशिया बैंकले शाखा विस्तारलाई तिव्रता दिँदै पर्वतको बारीवेनी पुगेको छ । पर्वतको जलजला गाउँपालिका वडा नं.३, वारीवेनी शाखाको आज जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्लले शाखा कार्यालय उद्घाटन गरे । 

०७५ वैशाखबाटै कारोबार सुरु भएको उक्त शाखाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मल्लले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउदै गएको बैंकको प्रशंसा गरे । उनले बैंकले दुरदराजमा रहेका नेपालीलाई सर्वसुलभ सेवा प्रदान गर्नेमा विस्वास ब्यक्त गरे । 

 

null

यो शाखासँगै अब एन आई सी एशिया बैंकको मुलुकभर २७५ शाखा भएका छन् । २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । 

बैंकको वासलातको आकार रू. २१८ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७५ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । 

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *