जातिय पहिचान प्रवर्द्धनका लागि भन्दै मुख्यमन्त्रीलाई सम्मान

विराटनगर, माघ २९ । किराँत राई यायोख्खा मोरङले प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईसहित राई जातिका प्रदेश सांसद र पालिका प्रमुखलाई सम्मान गरेको छ ।  

मोरङको पथरीशनिश्चरेमा यायोख्खाको छैठौं जिल्ला अधिवेशनका अवसरमा मुख्यमन्त्री राईसहितलाई जातिय सांस्कृतिक पहिचान प्रवर्द्धन सहितको समानतापूर्वकको समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह हुने भरोसाका साथ सम्मानपत्र र फेटाले सम्मानित गरिएको उल्लेख छ । 

सम्मानित हुनेमा, प्रदेश सांसद कृष्णकुमारी राई, सुयर्माराज राई, संविधानसभा सदस्य चण्डीप्रसाद राईका साथै पथरीशनिश्चरे नगरप्रमुख दिलिपकुमार राई, लेटाङ नगर प्रमुख शंकर राई रहेका छन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *