माग सम्बाेधन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम

फागुन १२, काठमाडौँ । कर्मचारी समायोजन विधेयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सक संघ (गोदान) ले आफ्नो माग सम्बोधन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । 

तोकिएको समयमा आफ्नो माग पूरा नभए देशभरको स्वास्थ्य सेवा ठप्प पार्ने तथा सामूहिक राजीनामा दिने चिकित्सक संघले जनाएकाे छ ।  

सरकारी चिकित्सक संघ र नेपाल चिकित्सक संघबीच आज भएको छलफलमा पनि कुनै सहमति नभएपनि संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । 

null

विरोध कार्यक्रम अन्तर्गत सबै सरकारी अस्पताल प्राङ्गगणमा बिहान १० देखि ११ बजेसम्म विरोध तथा सचेतना धर्ना दिने, १४ गतेभित्र माग पूरा नभए १५ गतेबाट देशभरिका सरकारी स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य स्वास्थ्य सेवा बहिस्कार, १५ गते नै सरकारले मनाउन लागेको स्वास्थ्य सेवा दिवस बहिस्कार गर्ने र यति हुँदा पनि सरकारले आफ्नो मागप्रति कुनै चासो नदेखाए सामूहिक राजीनामा बुझाउने रहेको गोदानले जनाएको छ । 

कर्मचारी समायोजनमा सरकारी चिकित्सकलाई संघ अन्तर्गत राखेर देशभर स्वास्थ्य सेवामा खटाउनु पर्ने माग गर्दै पुसको अन्तिम सातादेखि सरकारी चिकित्सकहरुले आन्दोलन गर्दै आइरहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *