डडेल्धुरामा चट्याङ लागेर २ जनाको मृत्यु, चार जना घाइते

माघ २५, डडेल्धुरा । डडेल्धुराका फरक फरक स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । 

भागेश्वर गाउँपालिका–५ सलेताकी २० वर्षीया सरस्वती नाथ र बझाङको दुर्गाथली गाउँपालिका–७ का ४८ वर्षीया गोगन दौल्यालको मृत्यु भएको हो भने सरस्वतीका दुई बहिनी र दुई भाइ घाइते भएका हुन् । 

घाइते भएका १५ वर्षीय देवेन्द्र नाथ, ८ वर्षीय खगेन्द्र नाथ, १४ वर्षीया कल्पना नाथ र १२ वर्षीया शान्ति नाथको उपक्षेत्रीय अस्पताल डडेल्धुरा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

null

घाइतेहरुको अवस्था समान्य छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *