एन आई सी बैंकको नयाँ शाखा पोखराको पावर हाउस चोकमा

फागुन ८, काठमाडाैँ । एन आई सी एशिया बैंक लि.को पोखरा महानगरपालिका वडा नं २९, पावर हाउस चोक मा नयाँ शाखा बिस्तार गरिएकाे छ ।  कास्की शाखाको एन आई सी एशिया बैंक लि.का प्रमुख कर्जा अधिकृत प्रकाश बरालकाे हातबाट आज भव्य समारोहका बिच समुद्घाटन गरियाे । 

 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

null

बैंकको वासलातको आकार रू. २१७ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७३ अर्ब तथा कर्जा रू. १४८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *