‘पशुपतिमा ओइरिएछ अरिङ्गालको गोलो’

 

फागुन ५, काठमाडौँ । गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा, नेपालमै हो छुट’ ले युट्युबमा सार्वजनिक हुँदा भन्दा युट्युबाट हटाएपछि झन् तहल्का पिटेको छ । 

सरकारले प्रतिबन्ध लाएपछि युट्युबाट हटाइएको उक्त गीतका शब्दको कम्पनले सिंहदरबार नै हल्लाएपछि सर्वसाधारण जनताकाे मन नभत्किने कुरै भएन । 

null

विद्यमान समाजमा देखिएको भ्रष्टाचार, विकृति–विसंगतिलाई व्यंग्यात्मक शैलीका शब्दहरुले प्रहार गरेपछि नेता कार्यकर्ताहरुको धैर्यता छिनाल्न पुग्याे र गायक पशुपति शर्माले माफी माग्दै गीत हटाए, त्यो पनि विना गल्ती । 

वाइडबडीदेखि सुन काण्डसम्मलाई उठान गर्न भ्याएको गीतले राष्ट्रपतिको हेलिकप्टर काण्ड पनि समेट्न भ्याएको थियो । यो गीतमाथि प्रतिबन्ध लगाएपछि गीतका शब्द र सरकारप्रतिको आक्रोशले सबैको स्टाटसमा डेरा जमाएकाे छ । 

यस्तैमा हास्य कलाकार केदार प्रसाद घिमिरेले गीतको प्रतिबन्धमाथि व्यंग्य गर्दै लेखे, ‘लुट्न सके लुट् कान्छा लुट्न सके लुट्लु, लुट्या कुरा थापाउनेलाई भेट्नासाथै कुट् । कलियुग लागेपछि उल्टो बग्छ खोलो, पस्पतिमा ओइरिएछ अरिङ्गालको गोलो ।’ 

त्यस्तै अर्का कलाकार तथा निर्देशक दीपक राज गिरीले लेखेका छन्, ‘लुटन सम्म लुट कान्छा लुट्न सम्म लुट, धेरै बोले कारवाही हुन्छ चुप लागेर सुत ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *