सांसदको गुनासोः स्यार्र पानी पर्दा पनि जुत्ता काँधमा हालेर हिँड्नुपर्छ
२०७५ फागुन ४ गते

फागुन ३, काठमाडौँ । राष्ट्रिय सभामा काठमाडौँका सडकको अवस्थाबारे कुरा उठाइएको छ ।
भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठलाई राष्ट्रिस सभा सदस्य राधेश्याम अधिकारीले सदनमा कलंकी–नागढुंगा, बौद्ध जोरपाटी लगायतका सडकहरुको बारेमा पटक–पटक कुरा उठाउँदा पनि सरकारले बेवास्ता गरेको गुनासो गरे ।
‘काठमाडौँ उपत्यकाका सबै सडकका खाल्डाखुल्डीका बारेमा पटक पटक कुरा उठाएका छौँ । मन्त्रीज्यू स्वयम् आएर समितिमा आएर महाराजगञ्ज बसुन्धारा सडक पुर्छु भन्नु भएको दुई महिना नाघिसक्यो’, उनले भने, ‘यही संसदको ५०० मिटर उत्तरपट्टी स्यार्र पानी पर्यो भने पनि हिँड्न सकिँदैन । जुत्ता काँधमा हालेर हिँड्नुपर्ने अवस्था छ ।’
null
उनले यस्तो स्थिति कहिले सम्म झेल्नुपर्ने हो भन्दै मन्त्री महासेठलाई प्रश्न गरे ।
२०७५ फागुन ४ गते
प्रतिक्रिया
सम्बन्धित








