‘न्यू निसान किक्स’ नेपाली बजारमा

फागुन ६, बिराटनगर । लामो समयदेखि प्रतिक्षामा रहेको निसानको उत्कृष्ट किक्स गाडी सोमबारबाट नेपाली बजारमा भित्रिएको छ । निशानको नेपालका लागि आधिकारिक बिक्रेता पायोनिर मोटो कर्प प्रा.लिले बिराटनगरमा आयोजित एक कार्यक्रम बीच ‘न्यू निसान किक्स’ लन्च गरेको हो । 

 

गाडीको सारडा ग्रुपका निर्देशक श्रीनिवास सारडा र पायोनिर मोटो कर्प विराटनगरका निर्देशक अमित सारडाले लन्च गरे । किक्स गाडीले आफ्ना ग्राहकहरुलाई विशेष सुविधासहित आरामदायी सेवा दिने कम्पनीको दावि छ । सुरक्षाका हिसाबले अब्बल मानिएको सो गाडीको भित्री भाग फराकिलो र बाहिरी भाग आकर्षक रहेको छ । 

null

 

सो किक्स गाडीमा ८ इन्चको टचस्क्रिन (जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्वारा सञ्चालन गर्न सकिन्छ) साथै एलईडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कूल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल,भ्वाइस रिकग्निसन, गाडी स्टाटको लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र ईबीडी र बीएसहितको एबीएस समावेश गरिएको पायोनिर मोटो कर्प प्रा.लिका शाखा प्रबन्धक अमित अग्रवालले जानकारी दिए । 

यि गाडी डिजेल ईन्जिनमा एक्सएल, एक्सभी र एक्सभी प्रिमियम गरी तीन प्रकारका र पेट्रोल इन्जिनमा एक्सएल र एक्सभी गरी दुई प्रकारका रहेको जनाईएको छ । नयाँ निसान किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड गरी सात प्रकारका विभिन्न कलरमा पाइनेछन । सो निसान किक्सको पेट्रोल इन्जिनमा १.५ एच ४ के को ५ स्पीड म्यानुअल ट्रान्समिशन र डिजेल ईन्जिनमा १.५ के ९ के डीसीआईको ६ स्पीड म्यानुअल ट्रान्समिशनमा उपलब्ध छन । 

नयाँ निसानको माइलेज क्षमता उत्तम मानिएकोे छ । सो गाडी पेट्रोल इन्जिनले प्रतिलिटर १४.२३ किलोमिटर र डिजेल इन्जिनले प्रतिलिटर २०.४५ किलोमिटर गाडी चल्न सक्ने एआरएआईले प्रमाणित गरेको छ । यी गाडीहरु पायोनिरको बिक्री शाखा बिराटनगर र देशभरका बिक्री केन्द्रहरुबाट खरिद गर्न पाईने जनाईएको छ । पायोनिरले निसान र ड्याटशनका उत्पादन देशभर बिक्री गर्दै आईरहेको छ । पायनिर कम्पनीले देशभर १४ वटा डिलर रहेको जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *