अख्तियारका आयुक्त पाठकद्वारा राजिनामा

फागुन ३, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजिनामा दिएका छन् । 

नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने भन्दै लम्बोदर न्यौपाने पक्षबाट ७८ लाख घूस लिएको पर्दाफास भएपछि संसदले महाभियोग लगाउने तयारी गरेसँगै आयुक्त पाठकले सेफ जोनका लागि राजिनामा दिएका छन् । 

उनले राष्ट्रपति कार्यालयमा राजिनामा पत्र बुझाएका छन् । 

null

स्रोतका अनुसार उनले विहान ११ बजेर ४७ मिनेट जाँदा राष्ट्रपति कार्यालयमा राजीनामा दर्ता गराएका हुन् । उनको राजिनामा पत्रको दर्ता नम्बर ११४७ रहेको छ । 

२ दिन यता आयुक्त पाठकले कलेजको विवाद मिलाई दिने तथा अख्तियारमा परेको उजुरी तामेलीमा राखिदिने भन्दै घूस खाएको आरोप छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *