के–कती मासु खाँदा शरिरलाई फाईदा

माघ २७ । मासु सबैको प्रिय खाना हो । हामी सबै मांसाहारीको भान्छामा प्रायजसो हप्तामा एक,दुई छाक मासु त पाकेको नै हुन्छ । मासु खान मन पराउँनेलाई खानामा एक,दुई छाकपछी मासु भएन भने खाना खानु नै मन लाग्दैन । मासु खाँदा हाम्रो स्वास्थ्यलाई पनि फाईदा पुगीरहेको हुन्छ । मासुबाट हाम्रो शरीररले प्रोटिन प्राप्त गर्छ । एउटा स्वास्थ्य मानिस हुनको लागि फलफुल जस्तै मासु खानु जरुरी हुन्छ । तर कुनै व्यक्तिले मासु खाँदा उनको उमेर अनुसार के– कती खाँदा सही हुन्छ त्यो जानेर खाएमा झन् राम्रो हुन्छ । कुन व्यक्तिले मासु कति खाने र के कसरी मासु खाँदा सही हुन्छ तल दिएको छ । 

 

– एउटा जवान मान्छेले एक दिनमा २५० ग्राम सम्म मासु खान राम्रो हुन्छ । मान्छेको एक किलोग्राम तौलका लागि एक ग्राम प्रोटिन आवश्यक हुन्छ । दुई सय ५० ग्राम खसीको मासुमा सरदर ५० देखी ५५ ग्राम प्रोटिन हुन्छ । थप प्रोटिन अन्य खानाबाट पाइन्छ । 

null

– मधुमेह, उच्चरक्तचाप, मृगौलामा समस्या, कोलेस्ट्रेरोल बढी भएका व्यक्तिले बोसो नभएका मासु सकभर उसिनेर खानु राम्रो हुन्छ । अझ उसिनेको मासुमा हल्का जिराको धुलो र कागती राखेर खानु उत्तम मानिन्छ । 

– मासु खाएपछि शरीरलाई हलचल वा व्यायम गर्नु राम्रो हुन्छ । त्यसो त शरीरका लागि नियमित रुपमा ४५ मिनेट जति हिडनु राम्रो हुन्छ । मासु खाएका बेला पनि सो प्रक्रियालाई थप्न सकिन्छ । 

– ग्यास्टिकले नसताओस भन्नका लागि सकभर उसिनेको वा रसयुक्त मासु खान लाभदायी हुन्छ । 

– मासु खाइसकेपछि असहज महसुस भएमा कागती पानी वा ज्वानो पानी खान सकिन्छ । यसले असहजता हटाउन मद्धत गर्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *