कामना सेवाकोे ६७ औं शाखा हरिवनमा

फागुन १३, काठमाडाैँ ।  कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं ११,हरि वनमा यही फागुन१३ गते आफ्नो ६७ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । 

बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रदेश नं २ का प्रमुख राकेश सिंह तथा बैंकका उच्च पदका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा प्रदेश नं २ को लागि तेस्रो शाखा भएको र थप शाखाहरु पनि शिघ्र सञ्चालनमा ल्याउने गरि निर्माण तथा सजावटको काम भईरहेको बताए । 

  

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *