दोस्रो बैठकमा पनि कांग्रेसको विरोध, १५ मिनेटका लागि स्थगित

 

माघ ८, काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ । 

मंगलबारको पहिलो बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले प्रकाशमान सिंहलाई समय दिएका थिए । उनले दुबै अस्पताललाई संघीय सरकार मातहतमा ल्याउन निर्णय नभएसम्म संसद चल्न नदिने बताएका थिए । 

null

लगतै कांग्रेस नेताहरुको नाममा रहेको दुईवटा हस्पिटल मन्त्रिपरिषद्को निर्णयबाट केन्द्र सरकारको मातहतमा ल्याउनु पर्ने भन्दै कांग्रेस सांसदहरूले सदन अवरुद्ध गरेपछि सभामुख महराले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । 

दोस्रो बैठकमा पनि कांग्रेस अवरोध जारी राखेपछि १५ मिनेटका लागि बैठक पुनः स्थगित गरिएको छ । 

आजको कार्यसूचीमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने रहेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *