सिप्रदी ट्रेडिङसँग कामना सेवाको सम्झौता

 

माघ १०, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्रा. लि. बीचमा सवारी कर्जा लगानी सम्झौता सम्पन्न भएको छ । 

यस सम्झौता अनुसार सिप्रदी ट्रेडिङ प्रा. लि. मार्फत सिफारिस भई आएका ग्राहकहरूले TATA का विभिन्न प्रकारका सवारी साधनहरु विकास बैंकका ६३ वटै शाखाहरुबाट सहज र छिटोछरितो रुपमा सवारीे कर्जा सुविधा लिन सक्नेछन् ।  

null

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सिप्रदी ट्रेडिङ प्रा. लि. को तर्फबाट महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका छन् । 

काठमाडौं, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६३ वटा शाखा तथा १७ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । 

साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *