मानिसक तनावबाट मुक्त हुने केहि टिप्सहरू

 

ब्यक्तिगत सम्बन्ध :  

स्तपाईको जीवनमा साथ दिने सहयोग गर्ने मानिसहरुसंग राम्रो र स्वस्थ ब्यक्तिगत सम्बन्ध राख्नुस् । मानसिक स्वास्थ्यमा ब्यक्तिगत सम्बन्धको धेरै ठूलो भूमिका हुन्छ । 

null

मनोरञ्जनलाई समय दिनुस् : 

आफ्नो दैनिक कार्यमा तपाइले भित्रबाटै गर्न मन पराउने क्रियाकलाप नाचगान खेल आदिको लागि समय निकाल्नु अत्यन्त जरुरी हुन्छ । 

समूहमा सहभागी : 

आफ्नो जस्तै रुची भएका ब्यक्तिहरुको समूहमा सहभागी हुने र रुचिका बिषयमा कुराकानी र भावना बिचार आदानप्रदान गर्न तपाइलाई मानसिक रुपमा स्वस्थ रहन मद्दत गर्छ । 

 सामूदायिक क्रियाकलाप : 

सामुदायिक क्रियाकलापमा सहभागी हुने गर्नाले आफूले समूदायलाई केही दिन सकेको खुसी मिल्छ । समुदायको बिकास निर्माण जनचेतना, सामूदायिक हितका कार्यक्रममा स्वयंसेवक बनी आफ्नो श्राम, ज्ञान र अनुभव बाड्नुहोस् । 

 आफ्नो हेरचाह : 

आफनो खानपान सरसफाई शारीरिक स्वास्थ्य आदिमा ध्यान दिनु आवश्यक छ । यसले तपाईको मानसिक स्वस्थ्यमा टेवा पुर्याउँछ । 

 आफैलाई चुनौति : 

कामकाजको समय होस् या अरु कुनै बेला आफैलाई नयाँ र नौलो कामको लागि चुनौति थप्नुस् । चुनौति पुरा गर्न नयाँ तरिका ज्ञान र अनुभवको खोजी गर्नुस् यसले तपाइलाई ब्यस्त र स्वस्थ राख्छ । चुनौति पुरा हुँदा तपाइको आफ्नो स्वयं बिकास भएको अनुभूति हुन्छ र खुसी लाग्छ । 

तनावको सामना ः 

तपाईलाई कस्तो अवस्था र ब्यबहारले तनावमा ल्याउँछ । र तनावको बेला तपाई कसरी प्रतिवाद गर्नुहुन्छ । यो आफैले बुझ्न जरुरी हुन्छ । र यो बिरुद्ध निरन्तर अभ्यास गरेर तनावको प्रभाव आफूमा कम गर्न सक्नुहुन्छ । 

पुनर्ताजकी ः 

मानसिक रुपमा स्वस्थ रहन निन्द्राको ठूलो भूमिका हुन्छ । नियमित रुपमा सही समयमा सुत्ने र उठ्ने बानी गर्दा तपाईलाई ताजा राख्छ । यसैगरी दिनभरीको कामको बीचबीचमा केही छोटो समय निकालेर कामको तनाबबाट पर रहने, टि भी हेर्ने, गफ गर्ने गर्नाले पुनः ताजा भई प्रभावकारी रुपमा काम सम्पन्न गर्न सकिन्छ । 

वर्तामानको महसुस ः 

धेरे जसो मानिसको मस्तिष्कमा या त पहिलेकै समयमा भएको सफलता असफलताका बारेमा भविष्यको योजना खेलिरहेको हुन्छ । यो गरिरहदा कहिलेकाहि तपाइले वर्तमानलाई भूलेको हुन सक्छ । त्यसैले कहिलेकाहि भूत र भविष्य भूलेर वर्तमानलाई महसुस गरी रमाउन सिक्दछौं र मानसिक रुपमा स्वस्थ रहन सक्छौं । 

मद्दत : 

अरुलाई मद्दत गर्दा तपाइलाई खुसी त मिल्छ नै तर तपाइ आफै आफनो समस्याको बेला कत्तिको मद्दत माग्नु हुन्छ । कतिपय कामको सिलसिलामा समस्या उतपन्न हुन्छ । र तपाइलाई मद्दतको जरुरी पर्छ । यस्तो अवस्थामा निधक्र्क भएर मद्दत माग्नु उत्तम हुन्छ । यसले आफनो समस्या सेयर हुनुको साथै समाधानको उपाय अथवा मद्दत नै मिल्ने संभावना बढी हुन्छ र तपाइ मानसिक तनावबाट मुक्त रहन सक्नुहुन्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *