ओपोको ब्रिनो सार्वजनिक

 

माघ १७, काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोको ब्रिनो सार्वजनिक गरेको छ । ब्रिनो, सम्वेदना, निर्णय लिने तथा सिक्ने क्षमताको सम्मिश्रणका साथ प्रयोगकर्तालाई प्राकृतिक मल्टिमोडल अन्तरक्रिया मार्फत ब्यक्तिगत ईन्टेलिजेन्ट सर्भिस दिने सोचका साथ विकसित ईन्टेलिजेन्ट एसिस्टेन्ट हो । 

ब्रिनोले ओपोको हार्डवेयर, सफ्टवेयर र सर्भिस प्ल्याटफर्म विच समन्वय गरी प्रणालीगत अन्तरक्रिया गर्न मिल्ने प्राविधिक फ्रेमवर्कको निर्माण गर्छ । सेन्सिङ प्रविधिको प्राकृतिक मल्टिमोडल अन्तरक्रियासँगको समन्वयले ब्रिनोलाई प्रयोगकर्ताका आवश्यकता सहजै बुझ्न सक्ने बनाउन प्रयास गरिएको छ ।  

null

प्राकृतिक भाषा बुझ्न सक्ने क्षमता, नलेज ग्राफ, कन्टेक्स्ट कम्प्युटिङ र ब्यक्तिगत सिफारिश जस्ता क्षमता सहितको संज्ञानात्मक प्रविधिले ब्रिनोलाई अझ सुक्ष्म रुपमा विश्व बुझ्ने क्षमता प्रदान गर्छ । 

ओपोका ग्लोबल भाइस प्रेसिडेण्ट तथा सफ्टवेयर ईञ्जिनियरिङ विजनेस विभागका अध्यक्ष एण्डि वुले भने ,‘भविष्यका लागि रणनैतिक उत्पादनका रुपमा ब्रिनोले स्मार्टफोन तथा अन्य ईन्टरकनेक्टेड बस्तु विच रहेका बाधाहरु हटाउँदै प्रयोगकर्तालाई अन्तरक्रियात्मक, थप सहज तथा चनाखो अनुभव प्रदान गर्नेछ । 

खुल्लापन, सेयरिङ तथा सह निर्माणका अवधारणा पालना गर्दै ब्रिनोले वाक कला र स्मार्ट सेवाको खुल्ला प्ल्याटफर्मका रुपमा डेभलपर्स तथा पार्टनर्सलाई थप उपकरण सम्म पहुँच बढाएर नयाँ सेवाहरु समाहित गर्दै आफैलाई ईन्टरकनेक्टेड उपकरणका लागि ईन्टेलिजेन्ट नियन्त्रण केन्द्रका रुपमा विकास गर्न सक्नेछ ।’ 

ब्रिनोका साथै कम्पनीले बेईजिङमा आयोजित ओपो डेभलपर्स कन्फरेन्स २०१८, सम्मेलन मार्फत ग्राभिटी प्लानको पनि घोषणा गरेको छ । यस योजनाको उद्देश्य एक बिलियन आरएमबी लगानीका साथ डेभलपर्सको सशक्तिकरण मार्फत ग्लोबल पार्टनर्स र डेभलपर्ससँग सहकार्यगर्दै ईन्टेलिजेन्ट सर्भिस ईकोलोजीको निर्माण गर्नु रहेको छ । 

सम्मेलन मार्फत ओपोले स्मार्टफोन उद्योगमा आफ्नो अन्तरदृष्टि तथा भविष्यको विज्ञान र प्राविधिक ट्रेण्डका बारेमा डेभलपर्स तथा उद्योगका पार्टनरहरु माझ संक्षिप्त जानकारी समेत प्रस्तुत गरेको थियो । हालका लागि ब्रिनो चाइना मात्रा सार्वजनिक गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + five =