काठमाडौंमा एक महिनामा ११२ जनालाई स्वाइन फ्लु, एकको मृत्यु

काठमाडौँ – राजधानी काठमाडौंमा एक महिनामा दुई सय १२ जनामा स्वाइन फ्लु देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टअनुसार १७ पुसदेखि ८ माघसम्म ‘इनफ्लुएन्जा एच१एन१ पिडिएम०९’ का दुई सय १२ बिरामी अस्पताल भर्ना भएका हुन् । 

ओम अस्पतालको आइसियूमा उपचारकै क्रममा सोमबार ४७ वर्षीया महिलाको मृत्यु भएको छ । अर्का एक संक्रमितलाई एयरलिफ्ट गरेर भारत पठाइएको ओमका मेडिकल डाइरेक्टर केपी देवकोटाले बताए ।  

चिकित्सकहरूका अनुसार दमलगायत स्वासप्रस्वासम्बन्धी समस्या भएकालाई स्वाइन फ्लु (मौसमी रुघाखोकी)को संक्रमण बढी हुन्छ । मधुमेह, मुटु, कलेजो र स्नायु रोग भएका व्यक्ति पनि संक्रमणको उच्च जोखिममा पर्छन् । गर्भवती, वृद्धवृद्धा र ५ वर्षमुनिका बालबालिकामा स्वाइन फ्लुको संक्रमण छिटो हुने सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।  

null

यो संक्रमणको खतरा अरूमा भन्दा बढी हुने गरेको छ । त्यसैगरी अंग प्रत्यारोपण गराएका, एचआइभीरएड्स वा अन्य कारणले रोग प्रतिरोधक क्षमता कम भएका, क्यान्सरको उपचार गराइरहेकाहरू स्वाइन फ्लुको उच्च जोखिममा हुन्छन् । बिरामीमा एक सय चार डिग्री वा त्योभन्दा बढी ज्वरो आउने, सास फेर्न गाह्रो हुने लक्षण देखिन्छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *