मालढुङ्गामा बस दुर्घटनाः तीन जनाको मृत्यु, ३८ जना घाइते

माघ ३, गलेश्वर । म्याग्दीको सदरमुकाम बेनीबाट नारयाणघाट जाँदै गरेको यात्रुवाहक बस बागलुङ र पर्वतको सिमानामा पर्ने मालढुङ्गामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 

बेनीबाट आज बिहिबार बिहान ८ बजे छुटेको ग१ख ६१०८ नंको यात्रुवाहक बस मालढुङ्गाको सुकुम्वासी टोलमा दुर्घटना भएको हो । दुर्घटनामा ३८ जना घाइते छन् । 

‘दुर्घटनामा धेरै घाइते भएका र तिनको विस्तृत विवरण प्राप्त भइनसकेकोे तर तीनको मृत्यु भएको जानकारीमा आयो’, घटनास्थल पुगेका म्याग्दी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकृत लोकबहादुर गुरुङले बताए । 

null

घाइतेहरुलाई उपचारका लागि बागलुङ र कुश्माका अस्पतालमा पुर्याइएको जनाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 20 =