अस्पतालको शैय्याबाट डा. केसीको अपीलः माफियामुखी होइन जनतामुखी ऐन ल्याउनुस्

 

माघ ७, काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग गर्दै प्राध्यापक डा. गोविन्द केसी १६ औं अनशन बसिरहेका छन् । 

स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि डा. केसीलाई अनशन स्थल इलामबाट काठमाडौँको शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएको थियो । 

null

शिक्षण अस्पतालकाे शैय्याबाट डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधार गर्न सांसदहरुलाई अपील गरेका छन् । 

‘जनतामुखी र विद्यार्थीमुखी ऐनका बुँदाहरु हटाएर माफियामुखी बुँदाहरु राखेर चिकित्सा शिक्षा विधेयक पारित गरिएको छ । हामीसँग सम्झौता भए अनुसारका बुँदाहरु थपेर मान्यज्युहरुले विद्यार्थीमुखी र जनतामुखी ऐन ल्याउनलाई सहयोग गर्नुहुनेछ भन्ने मैंले आशा राखेको छु । र म अनुरोध पनि गर्न चाहन्छु’, डा. केसीले भनेका छन् । 

यता सरकारले भने विरोधकाबीच पनि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्ने तयारी गरेको छ। 

सोमबारकै कार्यसूचीमा राखिए पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुवै सदनमा अवरोध गरेपछि विधेयक पारित हुन सकेको थिए । 

कांग्रेसले गोविन्द केसीसँगको सम्झौता कार्यान्वयनसहित स्व. गिरिजाप्रसाद कोइराला र स्व.सुशील कोइरालाको नाममा रहेको अस्पताल खारेज गर्न लागेको विषय उठाएर संसदमा अवरोध गरेको थियो । 

केसीसँगको सम्झौता नसमेटी विधेयक पारित गर्न खोजेको भन्दै मंगलबार पनि अवरोध कायम राख्ने कांग्रेसले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *