एन आई सी एशिया बैंकद्वारा कम्प्युटर हस्तान्तरण


माघ ११, काठमाडौं । सामाजिक उद्दरदायित् अन्तर्गत एन आई सी एशिया बैंक लिमिटेडले बैंकले सामुदायिक विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । बैंकको वित्तीय सहयोगमा काठमाडौं शंखरापुर नगरपालिका वडा नं. ६ साँखु स्थित भाग्योदय मा. वि लाई केहि थान कम्प्युटर हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा प्रतिनिधी सभा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति शशी श्रेष्ठ नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ बैंकका प्रमुख जन सम्पर्क अधिकृत अर्जुन राज खनियाले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मधु के सी र प्रधानाध्यापक श्री रुसण बसीलाई सयुक्त रुपमा कम्प्यूटरहरु हस्तान्तरण गरेका थिए ।
null
विद्यालय लक्षित यस्ता संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमले विद्यार्थीहरुको पठनपाठन तथा कम्प्युटर शिक्षामा सहयोग पुर्याउने सांसद श्रेष्ठले बताए । कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले एन आई सी एशिया बैंकले गरेको यस्ता सामाजिक उत्तरदायित्वको खुलेर प्रशंसा गरेका थिए ।
बैंकले हाल मुलुकभर २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवं् २३ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
बैंकको वासलातको आकार रू. २१८ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७५ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।
हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।
