डडेल्धुरामा चट्याङ लागेर एक जनाको मृत्यु दुई घाईते

२०७५ माघ ८ गते

माघ ८, परशुराम । डडेल्धुरामा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन् । बिहान घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर थापाको घटना स्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।
आलिताल गाउँपालिका–५ भित्रिसेनमा चट्याङ लागेर मानबहादुर विष्ट र गोमती विष्ट घाइते भएका छन् । दुवैलाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको छ ।
null

२०७५ माघ ८ गते
प्रतिक्रिया
सम्बन्धित