शिखरको सेल मेला ७ दिन थप, ग्राहकको भिड थाम्न नसकेकाले थप्यौंः शिखर सुज

  

माघ १३, काठमाडौं । शिखर सुजले राजधानीको भृकुटीमण्डपमा सञ्चालन गरिरहेको जुत्ताचप्पलको विन्टर सेल मेला एक साताका लागि थपिएको छ । ग्राहकलाई निकै सस्तोमा स्वदेशी ब्राण्ड शिखरको जुत्ताचप्पल उपलब्ध गराउन आयोजित सेल मेलामा ग्राहकको अत्यधिक भिड बढेकाले एक सातालाई थप गरिएको कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले जानकारी दिए । 

शिखरले मेलाको अबधि दोस्रो पटक थपिएको हो । यसअघि यही माघ ९ गते सकिने मेला ग्राहकको अनुरोधमा ४ दिनका लागि थपिएको थियो । थपिएको मेला यही माघ १३ गते सकिँदै थियो । ‘हामीले ग्राहकको अत्यधिक भिड देखेर मेला अबधि ७ दिनलाई थपेका हौं’ प्रसाइले भने, ‘स्वदेशी जुत्ताचप्पल सस्तोमा किन्ने अबसरबाट कोही ग्राहक पनि बन्चित बन्नु नपरोस् भनेर अबधि बढाएका हौं’ 

null

 

शिखरले मेलामा १७५ रुपैयाँमै जुत्ता उपलब्ध गराइरहेको छ । यस्तै २५० रुपैयाँमा जाडोको जुत्ता, ५ सय रुपैयाँमा विद्यार्थीको युनिफर्म जुत्ता, १ हजार रुपैयाँमा स्पोर्टस् सुज, ५ सय रुपैयाँमा छालाका एक जोडी चप्पल उपलब्ध गराइरहेको छ । मेलामा यसअघि ५ सय रुपैयाँमा एक जोर उपलब्ध गराउँदै आएको महिलाको कपडाको जुत्ता अब त्यही मूल्यमा दुई जोर उपलब्ध गराउने शिखरका प्रबन्ध निर्देशक प्रसाईले बताए । 

मेलामा जुत्ताचप्पल सस्तोमा पाउने भएपछि यतिखेर जुत्ताचप्पल किन्ने उपभोक्ताहरुको शिखर विन्टर मेलामा भिड लागेको छ । मेलामा पुगेकाहरुले सस्तोमा भारी छुटमा पाएपछि झोलाभरि जुत्ताचप्पल किनेर निस्कँदै गरेका देखिन्छन् । 

अधिकांश मेलामा पुरुषका लागि मात्र जुत्ताचप्पल हुने गरेकामा यस पटक शिखरले महिलालाई लक्षित गरेर विभिन्न मोडलका जुत्ताचप्पल मेलामा राखेको छ । शिखरको एकल सेल मेलालाई ग्राहकले मौकाको रुपमा लिएका छन् । 

 

यस मेलामा सोलको मूल्यमा जुत्ता चप्पल उपलब्ध गराइरहेको शिखर सुजकी संचालिका संगिता कडरिया प्रसाईंले बताइन् । ‘यति सस्तो मूल्यमा अरु बेला जुत्ताचप्पल पाइँदैन’ उनले भनिन् । मेलामा असमान्य मूल्यमा जुत्ताचप्पल बिक्री भइरहेको उनको दावी छ । शिखरले विवाहको सिजनलाई लक्षित गरेर ५० भन्दा बढी प्रकारका पार्टी सुज समेत यही मेलामै सार्बजनिक गरेको प्रसाईंले जानकारी दिइन् । नयाँ जुत्तामा समेत शिखरले १५ प्रतिशतभन्दा बढी छुट दिइरहेको छ । 

शिखरको मेलामा पार्टी सुज, स्पोर्टस् सुज, युनिफर्म सुज, क्याजुअल सुज, स्कुल कलेजलगायत सबै प्रकारका जुत्ता उपलब्ध छन् । यहाँ ३ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल रहेको प्रसाईले बताइन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *