म्यानचेस्टर युनाइटेडको लगातार छैटाैँ जित, टाेटनह्याम पराजित


ओले गुनर सोल्स्कायरको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा शतप्रतिशत जित निकालेको छ ।
आइतबार भएको खेलमा युनाइटेडले टोटनह्यामलाई हरायो । सोल्स्कायर प्रशिक्षकमा नियुक्त भएपछि युनाइटेडलाई ६ खेलमा छैटौं जित दिलाउनका लागि माकएस रासफोर्डको गोल निर्णायक बन्यो ।
यो जितसँगै सोल्स्कायरले म्यानचेस्टर युनाइटेडको इतिहासमै पहिलो ६ खेलमा जित दिलाउने इतिहास कायम गरेका छन्।
null
टोटनह्यामको मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउनका लागि रासफोर्डको गोलभन्दा महत्वपूर्ण गोलकिपर डेविड डि गेयाको प्रदर्शन निर्णायक बन्यो । दोस्रो हाफमा उनले १० वटा उत्कृष्ट बचाउ गरेका थिए । जसमध्ये सातवटा प्रहार फ्रेममा थियो ।
जितसँगै म्यानचेस्टर युनाइटेड ४१ अंक बनाउँदै पाँचौं स्थानमा उक्लिएको छ । यो पराजयका कारण टोटनह्यामलाई भने उपाधि अभियानमा धक्का लागेको छ ।
४८ अंक बनाएको टोटनह्याम लिग लिडर लिभरपुलभन्दा ९ अंकले पछि परेको छ ।
