ए डिभिजन लिग: हिमालयन शेर्पालाई पराजित गर्दै तेस्रो बन्याे थ्री स्टार

 

पुस २२, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग सुरु हुुनु अघि उपाधिको दाबेदार मानिएको थ्री स्टार क्लब तेस्रो बनेको छ । 

आइतबारको खेलमा हिमालयन शेर्पा क्लबलाई २–० ले पराजित गर्दै थ्री स्टार तेस्रो बनेको हो । जितसँगै थ्री स्टारले २६ अंक सहित तेस्रो स्थानमा छ । 

null

एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टारलाई जित दिलाउन बुद्ध चेम्जोङ र रन्जन विष्टले एक–एक गोल गरे । 

खेलको २८ औं मिनेटमा बुद्धले थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । खेल सकिन दुई मिनेट बाँकी रहँदा रन्जनले काउन्टरमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे । 

थ्री स्टारविरुद्व सुरुवातबाटै आक्रमक देखिएको हिमालयनले गोल गर्न भने गोल गर्न सकेन । थ्री स्टारका बिक्रम लामा ‘म्यान अफ दी म्याच’ घोषित भए । 

त्यस्तै विभागीय टिम आर्मीले लिगमा चौथो भएको छ । आइतबार भएको आफ्नो अन्तिम खेलमा आर्मीले मछिन्द्र क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै आर्मी चौंथो बनेको हो । 

आर्मीको जितमा कप्तान भरत खवासले दुई गोल गरे । त्यस्तै, टंक बस्नेतले एक गोल गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *