सांसदद्वारा आज पनि संसद अवरुद्ध, कांग्रेसले घेर्‍यो रोस्टम

 

माघ ८, काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ ।  । 

सोमबारको बैठकमा पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालहरु केन्द्र सरकार मातहत नराखेको भन्दै संसद अवरुद्ध गरेको कांग्रेसले मंगलबारको बैठकमा पनि रोष्टम घेराउ गर्दै संसद अवरुद्ध गरेको हाे । 

null

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले प्रकाशमान सिंहलाई समय दिएका थिए । उनले दुबै अस्पताललाई संघीय सरकार मातहतमा ल्याउन निर्णय नभएसम्म संसद चल्न नदिने बताएका थिए । 

लगतै कांग्रेस नेताहरुको नाममा रहेको दुईवटा हस्पिटल मन्त्रिपरिषद्को निर्णयबाट केन्द्र सरकारको मातहतमा ल्याउनु पर्ने भन्दै कांग्रेस सांसदहरूले सदन अवरुद्ध गरे । 

कांग्रेसले सदन अवरुद्ध गरेपछि सभामुख कृष्णबहादुर महराले बैठक १५ मिनेटका लागि स्थगित गरिएको जानकारी गराए । 

आजको कार्यसूचीमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने रहेको छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *