मन्त्री पण्डितको पहलमा बिरेन्द्र सभागृह अत्याधुनिक बनाइने

 

माघ ८, बिराटनगर । बिराटनगर स्थित बिरेन्द्र सभागृहलाई अत्याधुनिक सुविधा सम्पन्न बनाईने भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पहलमा सो सभागृह डिजिटल प्रविधियुक्त सुविधा सम्पन्न बनाईन लागेको हो । 

ऐतिहासिक बिरेन्द्र सभागृहको पुर्ननिर्माण र अत्याधुनिक सुविधा सम्पन्न बनाउँनका लागि ४ करोड रुपैँया छुट्याएको छन् । निर्वाचनका समयमा जनतामाँझ गरेको प्रतिवद्धता अनुसार आफ्नो मन्त्रालय मार्फत मन्त्री पण्डितले सभागृह अत्याधुनिक सुविधा सम्पन्न बनाउनका लागि ४ करोड रुपैयाँ छुट्याएको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) १ नं. प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरीले जानकारी दिए । 

null

 

उनले पुर्ननिर्माण गरिने सभागृहको योजना ९ करोड रुपैयाँको रहेको बताउँदै मन्त्री पण्डितको पहलमा ४ करोड रुपैयाँ मन्त्रालय मार्फत छुट्याईएको र त्यसमा बिराटनगर महानगरपालिकाले थप बजेट लगानी गर्ने योजना रहेको बताए । 

पुर्ननिर्माण पछि नयाँ बन्ने सभागृह एसी, डिजिटल प्रविधियुक्त रहने बताईएको छ । बिराटनगरको ऐतिहासिक धरोहरका रुपमा रहेको विरेन्द्र सभागृहमा हाल बिभिन्न संघ संस्थाका भेला, सभा, सम्मेलन लगायतका कार्यक्रमहरु हुने गरेका छन् भने पुर्ननिर्माणपछि सो सभागृहमा अन्तराष्ट्रिय स्तरका कार्यक्रमहरु समेत सञ्चालन गर्न सकिने जनाईएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *