लिभरपुुललाई फेरि पनि सिटी वाधक

एजेन्सी । ईङलस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले लिभरपुलको अपराजित यात्रामा पुर्णविराम लगाई दिएको छ । बिहिबार राति भएको खेलमा लिभरपुललाई २–१ गोल अन्तरले पराजित गर्दै म्यान्चेष्टर सिटी उपाधि होडमा समेत फर्किएको छ । 

ईतिहाद स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन सर्जियो अग्युरो र लिरोय सानेले गोल गरे ।लिभरपुलका राबर्टो फिर्मिन्होले एक गोल फर्काए । 

४० औ मिनेटमा अग्युरोको गोलमार्फत सिटीले अग्रता बनाएको थियो । फिर्मिन्होले ६४ औ मिनेटमा खेल बराबरीमा ल्याए । ७२ औ मिनेटमा सानेले गोल गर्दै सिटीलाई महत्वपुर्ण ३ अंक दिलाए । 

null

जितपछि सिटीले शीर्ष स्थानको लिभरपुलसंगको अंक दुरी ४ मा झारेको छ । लिभरपुलको २१ खेलबाट ५४ अक छ । सिटीको ५० अंक छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 20 =