म्युजिक भिडियोमा जम्दै दिनेश, राजेशपायलको ‘माया हे माया’ले चर्चा बटुल्दै

 

माघ १२, काठमाडौं । इटहरीका दिनेश कोइरालाको पछिल्ला दिनहरु मोडलिङमा उनको सक्रियता बढेको छ । खाइलाग्दो शरीर तथा हसिलो अनुहारका धनी दिनेशले चार वर्षयता दर्जनौं म्युजिक भिडियोमा  

पछिल्लो समय उनले नेपालका भर्सटायल गायक राजेश पायल राईको गीत ‘माया हे माया’मा अभिनय गरेर आफ्नो चर्चा अझ बढाएका छन् । 

null

गायक राजेशपायलको स्वरमा सजिएको गीतमा दिनेश पैसाका लागि विदेशिएपछि नेपालमा रहेकी आफ्नी प्रियतमालाई सम्झिएका छन् । गीतमा दिनेशलाई साथ दिएकी छिन्, दुर्गा सापकोटाले । राम रुवालीको शब्द,शिखर सन्तोषको संगित रहेको गीतको म्युजिक भिडियोलाई सुमन, राज,लक्ष्मी र प्रथमले छायांकन गरेका छन् । 

भोगेन्द्र याम्फुले सम्पादन गरेको भिडियोलाई हेमन तामाङले निर्देशन गरेका हुन् । रमणीय पोखरामा छायांकन गरिएको भिडियोलाई संङस नेपालबाट रिलिज गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *