टोटेनहमले चेल्सीलाई हरायो

  

 

एजेन्सी । प्रिमियर लिग क्लब टोटेनहमले काराबाओ कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा साँघुरो जित निकालेको छ । 

null

मंगलबार राति भएको पहिलो खेलमा टोटेनहमले अर्को प्रिमियर लिग क्लब चेल्सीलाई १ – ० गोल अन्तरले हराएको हो । 

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्यारी केनले निर्णयक गोल गरे । खेलको २६ औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै पहिलो लेगमा टोटेनहमलाई अग्रता दिलाएका हुन् । 

चेल्सीका किपर किपाले केनलाई डिबक्सभित्र लडाएपछि भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) को साहारामा टोटेनहमले पेनाल्टी पाएको थियो । जसमा केनले सहजै गोल गर्न सफल भए ।  

जितसंगै टोटेनहमले पहिलो लेगमा चेल्सीविरुद्ध १ – ० को झिनो अग्रता बनाएको छ । अब दुई टोलीबीचको दोस्रो लेग आगामी २४ जनवरीमा हुनेछ । उक्त खेल चेल्सीको मैदानमा हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *