आर्थिक अनियमितता छानबिन गर्न समिति

माघ ५, कैलाली । गाउँपालिकामा भएको आर्थिक अनियमितताको विषयमा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । कैलालीको विकट मोहन्यालका विभिन्न वडामा व्यापक आर्थिक अनियमितता भएको विवरणहरू सञ्चारमाध्यममा आएपछि छानबिन समिति गठन गर्ने निर्णय गरिएको हो । 

पुस २९ र ३० गते बसेको कार्यपालिकाको बैठकले गाउँपालिका उपाध्यक्ष पूजा मगरको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको गाउँपालिका प्रेस सल्लाहकार लीला जङ्ग शाहीले जानकारी दिए । 

समितिमा जिल्ला समन्वय समिति, पत्रकार महासङ्घ, जिल्ला प्रशासन, इन्जिनियर एसोसिएसनबाट १/१ जना प्रतिनिधि रहने छन् । 

null

समितिले एक महिनाको अवधिमा विभिन्न वडाको स्थलगत अवलोकन गरी अनियमितता भए नभएको अनुसन्धान गर्ने छ । अनुसन्धान पछि समितिले तयार पारेको प्रतिवेदन गाउँपालिकामा बुझाउने गाउँपालिकाका प्रवक्ता खर अधिकारी जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *