हेयर एण्ड शान्ति सलोनको नयाँ शाखा जावलाखेल र ठमेलमा

 

पुस २६, काठमाडौँ । दुई बर्ष अघिदेखि काठमाडौंको कमलादीबाट सुरु भएको हेयर एण्ड शान्ति सलोनले दोश्रो र तेस्रो शाखा विस्तार गरेको छ । 

एक करोड बढिको लगानीमा शान्ति सलोनले काठमाडौँको ठमेल र ललितपुरको जावलाखेलमा नयाँ शाखा विस्तार गरेको हो । 

null

‘हामीले दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले एकेडेमी सहितको सलोन स्थापना गरेका हौँ । हाम्रो उद्देश्य भनेको सेवा प्रदान गर्ने मात्र नभई दक्ष र शिप मूलक व्यवसायको विकास गर्ने पनि छ’, हेयर स्टाइलिस एवं सञ्चालक अनुजा श्रेष्ठले भनिन्, ‘यस सलोनबाट एक पटक मा एकैचोटी २५ जना सम्मलाई सेवाप दान गर्न सक्ने अत्याधुनिक प्रविधि सहितको उपकरणहरु जडान गरिएको छ।’ 

 

मध्यम र उच्च वर्गीय व्यक्तिहरुलाई फोकस गरिएको उक्त सलोनमा हेयर कट (लेडिज–जेन्स्), हेयर कलर, फेसियल, सेभिङ, मेनी क्यूर, पेडिक्यूर, वाकसिन, नेलआर्ट र केराटिन जस्ता सेवा उपलब्ध छ । 

 

नेपाली व्यवासायी शान्ति श्रेष्ठको एकल प्रयासमा भारतलाई आधार बनाएर खोलिएको यस सलोन भारतको नयाँदिल्ली, जम्मु कास्मिर, नोएडा, गुरगाँउ, लगाएत १२ शहरमा केन्द्रीत छ । 

 

यसको फ्रेनचाइजको रूपमा विगत २ वर्षदेखि नेपालमा समेत आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ र हाल नेपाली गाहक माझ लोकप्रिय रहेको सञ्चालक सुवेदीले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *