मिर्गौलाको पथ्थरी हुनेले के खान हुन्छ ? के खान हुँदैन ?

पुस १७ । आजभोली दिनानु बिभिन्न रोगका शिकार भएका व्यक्तिको संख्या बढ्दै छ । यसको मुख्य कारण हो खानेकुरामा शुद्धता नहुनु पहिलेको जस्तो आजभोली शुद्ध खानेकुरा पाउँन गाह्रो छ । हरेक खानेकुरामा मिसावट भेटिन्छ । त्यसमाथी झन् अहिले मिर्गौलामा पथ्थरी हुने बिरामी संख्या दैनिकी जस्तो बढी रहेको छ । 

 

मिर्गौलाको पथ्थरीको रोक-थाम तथा उपचारमा भोजन व्यवस्थापनको ठूलो महत्व रहेको हुन्छ । मिर्गौलामा पथ्थरी हुनु कसैकसैमा बंसानुगत भए पनि यसको मुख्य कारण भनेको खानपान र जीवनशैली हो। आज हामी तपाईलाई मिर्गौलामा पथ्थरी हुँदा के खान हुन्छ के खान हुँदैन भन्ने बारे बताउँने छौं । 

null

के खान हुन्छ ?१. पथ्थरी भएको व्यक्तिले सामान्य भन्दा धेरै पानी पिऊन जरूरी छ । धेरै पानी पिउँदा पिसापको मात्रा पनि बढ्ने हुँदा यसले मिर्गौलामा बनेको पथ्थरीलाईं बगाई लान मद्दत गर्छ। 

२. पथ्थरी हुँदा नरिवल पानीको उपयोगलाई पनि राम्रो मानिन्छ । नरिवल पानीमा पथ्थर बन्न रोक्ने र बढन नदिने मात्र होइन बनिसकेको पथ्थरलाईं समेत समन गर्नै खालका विशेष रसायन हरु छन। यसमा प्रशस्त प्राकृतिक पोटेशियम पाइन्छ जसले पथ्थरी बन्ने प्रक्रियालाई रोक्छ। 

३. हरियो मकैको चिया: यसमा प्रशस्तै मात्रामा प्रोटीन, कार्बोहाइड्रेट्स, विटामिन्स, मिनिरल्स पाइन्छ। यो चिया को सेवनले मूत्र उत्सर्जनलाई पनि बढाउछ। यसका अलाबा यो चीयामा टाट्र्रेट्स भन्ने तत्व पाइन्छ जसले पथ्थरी बन्ने क्रियालाई रोक्छ। यस चियामा पाइने तत्वहरूले मिर्गौलाको इनफेक्शन कम गर्न र मिर्गौला तथा मुत्रथैलीलाई बलियो बनाउन मद्दत गर्छ। 

४. जौ को मांड: जौ को मांडले मुत्र-प्रवाहलाई बढाउनुका साथै मिर्गौला तथा मुत्रमार्गको इन्फेक्शनलाई समन गर्दछ।५. भुई-कटहरको रस : भुई-कटहरको रसमा पथ्थरीलाई गाल्ने इञ्जाइमहरू छन। यसमा भएको इञ्जाइम ले फ़ाइब्रिनलाई तोड्न पनि मद्दत गर्छ। 

६. पथ्थरी भएको व्यक्तिलाई केराले पनि फाइदा दिन्छ। केरामा भिटामिन बी-६ पाइन्छ जसले अक्जलिक एसिडलाई तोडेर ऑक्जेलेट क्रिस्टल बन्न दिदैन। 

७. बदाम : बदाममा प्रशस्त मात्रामा म्याग्नेशियम र पोटासियम पाइन्छ। यी तत्वहरूले पथ्थरी बन्न दिंदैन। 

८. कागती : कागतीमा प्रशस्त सिट्रेट पाईन्छ। यो अम्लले क्याल्सियम अक्जलेट पथ्थरी हुन दिदैन। 

९. गहतको झोलस् गहतको झोललाई शक्तिशालि पथ्थरी समक द्रव्य मानिन्छ र एसको प्रयोगले पथ्थरी हुन नदिनका साथै बनेको पथ्थरीलाई पनि गलाउन मद्दत गर्छ। 

१०. करेलाः करेलामा प्रशस्त मात्रामा म्याग्नेसियम र फस्फोरस पाईन्छ । यी तत्वले युरीक एसिड र मधुमेहलाई पनि नास गर्छ। 

११. गाँजर : यसमा पायरोफॉस्फेट र वनस्पति अम्ल पाइन्छ जसले पथ्थरी बन्ने क्रियालाई रोक्छ । यसका अलाबा गाजरमा पाइने केरोटिन नामक पदार्थले मूत्र संस्थान को भित्तामा हुने घाऊ निकोपार्न मद्दत गर्छ । 

के खान हुँदैन ?- पथ्थरी भएका हरूले पालुंगोको साग, गोलभेडा, अमला, चिकू फल, काजु , काक्रो र कालो अंगुर खान बन्देज गर्नु पर्छ। यी फल हरू मा अक्जलेट को मात्र धेरै छ जसले क्याल्सियम संग मिलेर कयाल्सियम अक्जालेट क्रिस्टल बनाउन सहयोग गर्छ। यसै गरी मिर्गौलाको पथ्थरी भएकाहरू ले फूल गोभी, भान्टा, च्याउ र फर्सी जस्ता खाद्य हरू पनि खान बन्द गर्नु पर्छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *