नेकपाका नेताले फरक शैलीमा जन्म दिन मनाए

 

पुस २६, धरान । मानिसको जीवनमा रगतको ठूलो महत्व छ । भनिन्छ रक्तदान जीवनदान हो । वर्तमान अवस्थामा सुनसरी धरानको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ए पोजेटिभ रगतको अभाव भईरहेकै बेला कसैको जीवन बचाउने सकारात्मक र उच्च सोचका साथ ताप्लेजुङको थेचेम्बु घर भई हाल धरान १४ सिंहदेवी बस्दै आएका नेकपाका नेता फोक्सुहाङ म्येनाङवो (चोत्लुङ) ले आफनो ३३ औँ जन्मदिनको अवसर पारेर रक्तदान गर्दै जन्मदिन मनाएका छन । बिहिबार वि.पी. कोईराला स्वास्य विज्ञान प्रतिष्ठान स्थित रहेको रेडक्रस रक्तसंचार केन्द्रमै पुगी रक्तदान गरेका छन, उनी भन्छन वास्तविक खुसी र आनन्द भनेको नै अरुलाई सहयोग गर्दा मिल्छ, हामी आफुमात्र फजुल खर्च गरेर रमाइलो नगरी समाजमा भएका कमजोर तथा अभावमा भएका मानिसको जीवनलाई पनि आनन्दित बनाउनुपर्छ । उनले आफनो जन्मदिनको राम्रो अवसर पारेर अग्रज पत्रकार जनकऋषि राईको प्रेरणाबाट नै यस्तो कार्य गर्ने सोच आएको बताए । 

 

null

यसभन्दा अगाडि धरानका पत्रकार तथा लेखक जनकऋषि राईले आफना जन्मदिन पारेर सोही स्थानमा नै रक्तदान गरेका थिए । उक्त कार्यको प्रशंसा गर्दै प्रदेश नं १ की सासंद उमिता बराईलीले फोक्सुहाङ म्येनाङवोलाई रक्तदान जस्तो महादान गरेकोमा लाई धन्यवाद दिदै सबैले यस्तो उदाहरण पछ्याउनुपर्ने बताए । 

वास्तवमा आफनो जन्मदिनमा आफना इष्टमित्र, साथीभाई तथा आफन्तहरुसँग मिलेर आफनो घर अथवा बाहिर जन्मदिन मनाउनुु नौलो कुुरा होइन । जन्मदिनका नाममा तडक भडक तथा फजुल खर्च अनि बिकृति बढ्दै गइरहेको अवस्थामा, मानिसहरु आफुमा मात्र केन्द्रित भईरहेको बेला हामी क्षणिक आनन्दमा मात्रै सिमित नरहेर आज अरुलाई खुसी बाड्नुपर्ने समय आएको उनले बताईन् । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र प्रतिष्ठानको प्राबिधिक सहयोगमा ३३ प्रिन्ट रगत संकलन भएको थियो भने रक्तदान कार्यक्रममा नेकपाका प्रदेश सदस्य अवईन्द्र बिक्रम बेघा, क्षेत्रीय संयोजक प्रकाश राई, सल्लाहकार अक्कलबहादुर म्यानेङवो, प्रकाश बेघा लगायतका नेताहरुको समेत उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *