अध्यक्ष प्रचण्ड पनि बिरामी, के भएको हो उनलाई ?

 

माघ ८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि बिरामी परेका छन्। 

अध्यक्ष दाहालकी श्रीमती सीता दाहाल र बुहारी बिना मगर अस्पतालमा भर्ना भएका बेला प्रचण्ड पनि बिरामी परेको उनको सचिवालयले जनाएको छ । 

null

प्रचण्डको सचिवालयका अनुसार उनलाई भाइरल ज्वरो आएको छ। उनी चिकित्सकको सल्लाहबमोजिम निवासमा आराम गरिरहेका छन्। चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न तथा सार्वजनिक कार्यक्रममा सहाभागी नहुन सल्लाह दिएका छन्। 

यसअघि उनकी पत्नी सीतालाई अस्पताल भर्ना गरिएको थियो भने उनकी बुहारी तथा मन्त्री मगरलाई हिजो मात्रै अस्पताल गरिएको थियो । 

अध्यक्ष पत्नी सीता र बुहारी बिनाको ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *