गिरिजा र सुशील कोइरालाको नामका दुबै अस्पताल केन्द्र मातहतमा
२०७५ माघ १५ गते

माघ १५, काठमाडौँ । सरकारले तनहुँको गिरिजाप्रसाद कोइराला श्वास प्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र सरकारको मातहतमा ल्याएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले खारेजी प्रक्रियामा लगेको भन्दै संसदमा विरोध गर्दै आएको थियो ।
null
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कांग्रेसको माग सम्बोधन गर्दै ती दुई अस्पताल केन्द्र मातहत राख्ने निर्णय गरेको छ ।
सरकारले मन्त्रिपरिषदको निर्णयबारे संसदलाई माघ १७ गते जानकारी गराउने बताइएको छ ।
२०७५ माघ १५ गते
प्रतिक्रिया
सम्बन्धित








