रुद्र राम स्मृति प्रतिष्ठानद्धारा बृद्धा आश्रमलाई सहयोग

माघ १२, धरान । रुद्र राम स्मृति प्रतिष्ठानले सुनसरीको पकली स्थित राम जानकी बृद्धा आश्रमलाई सहयोग गरेको छ । त्यहाँ आश्रित ८ जना बृद्ध तथा असहाय आमाहरुको आर्शिबाद लिनुका साथै आश्रमलाई चाहिने आवश्यक सामग्री प्रदान गरेर प्रतिष्ठानको औपचारीक सुरुवात समेत गरेको हो ।  

प्रतिष्ठानकी अध्यक्ष सुलोचना तम्राकार तथा उनका श्रीमान बिश्वबन्धु ताम्राकारको आउँदो फागुन २ गतेका दिन विवाहको २५ औं बर्ष पुरा भएको अवसर पारेर उक्त बृद्धआश्रम लाई चाहिने आवश्यक सामग्री दिनुको साथै आश्रममा रहेकाहरुलाई एक छाक खाना खुवाईएको थियो ।  

प्रतिष्ठानले आश्रमलाई १७ हजार रुपैंयाको डाईनिङ टेवल, ग्यास चुल्हो, खानेपानीको फिल्टर समेत हस्तान्तरण गरेको थियो । प्रतिष्ठानकी अध्यक्ष सुलोचना ताम्रकारले बृद्धआश्रममै पुगी आश्रमका सहसचिव गणेश प्रसाद शाह र कोषाध्यक्ष नेत्र प्रसाद ओझा लाई सो सामग्री हस्तान्तरण गरिन् । 

null

 

कार्यक्रममा आश्रम सञ्चालक समितिका सहसचिव गणेश प्रसाद शाह, कोषाध्यक्ष नेत्र प्रसाद ओझा, प्रतिष्ठानका उपाध्यक्ष ममता शाक्य, सचिव रोजी ताम्राकार, सहसचिव दिपेश तुलाधर लगायतको उपस्थिती रहेको थियो । संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग गरेको र भविष्यमा पनि यस्ता सहयोगहरु निरन्तर रुपमा गरीने प्रतिष्ठानले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 4 =