सांकेतिक विरोध गर्दा सरकारले नसुनेको भन्दै सेवा बहिस्कार गरेर आवासीय चिकित्सक आन्दोलनमा

काठमाडौं ।  चिकित्सा शिक्षा तथा सेवामा सुधारलगायत माग राखेर १७ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीको जीवन रक्षाका लागि दबाब दिन आवासीय चिकित्सक संघ (रेजिडेन्ट)ले आकस्मिक बाहेका सेवा बहिस्कार गरेर आन्दोलनमा उत्रिएका छन् । सरकारलाई पटक पटक ध्यानाकर्षण गराएको र हातमा कालो पट्टी बाँधेर सांकेतिक विरोध गर्दा सरकारले नसुनेको भन्दै संघमा आबद्ध सम्पूर्ण चिकित्सकहरु आकस्मिक बाहेका सेवा बहिस्कार गरेर आन्दालेनमा उत्रिएका हुन् ।  

आन्दोलनमा उत्रिनेमा त्रिवि शिक्षण अस्पतालमा सेवारत नेशनल डक्टर्स एशोसिएसन (एनआरडीए), वीरलगायतक सरकारी केन्द्रीय अस्पतालमा कार्यरत रेजिडेन्ट डक्टर्स अफ न्याम्स (र्यान) र धरानमा कार्यरत जुनियार रेजिडेन्ट वेलफियर सोसाइटी सम्बन्ध चिकित्सकहरुले सयुक्त रुपमा आज (शुक्रबार) बाट आकस्मिक बाहेका सेवा छोडेका हुुन् ।  

त्रिवि शिक्षण अस्पतालमा आवसिय चिकित्सक संघका अध्यक्ष डा. सुमित पाण्डेले  सरकारलाई डा. केसीको माग पूरा गरेर जीवन रक्षा गर्न सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि नसुनेपछि बाध्य भएर आकस्मिक बाहेकका सेवा बहिस्कार गरेर आन्दोलनमा उत्रिएको बताए ।  

null

 “शल्यक्रिया, भर्ना भएको विरामीको राउण्ड लिने र नयाँ भर्ना गर्ने कामसमेत छाडेका छौ,” उनले भने “जति चाँडो सरकारले डा.केसीको माग पूरा गर्छ त्यति चाँडो हामी आन्दोलन रोक्नेछौं ।” 

 वीर, त्रिवि शिक्षण, धरानसँगै कान्ति, प्रसुति गृह, पाटनलगायतका अस्पतालको सेवामासमेत प्रभाव पर्ने जनाइएको छ । ती अस्पतालबाहेक न्याम्स अन्र्तगतका कार्यक्रम जोडिएका र आवासिय चिकित्सकहरु  खटाइएका अन्य अस्पतालको सेवासमेत प्रभावित हुनेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *