नेता-कार्यकर्तालाई सभापति देउवाको निर्देशनः ‘आगामी चुनाव जित्ने तयारी गर्नुस्’

 

माघ ६, दमौली । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका सबै नेता कार्यकर्ताहरुलाई एकजुट भएर अगाडी बढ्न आग्रह गरेका छन् । 

तनहुँ कांग्रेसले आइतबार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति देउवाले सबै एकजुट भएर अगाडी बढे कांग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने भएकाले अनुशासन समिति बनाएर छाडातन्त्र अन्त्य गरिने बताए । 

null

महासमितिको बैठकबाट पारित पार्टीको विधान उत्कृष्ट रहेकोे जिकिर गर्दै सभापति देउवाले ‘एउटा चुनाव हार्दैमा निराश नहुनुस् । आगामी चुनाव जित्ने गरी तयारी गर्नुस्’, भने । 

कार्यक्रममा उनले विशेष अधिवेशनका नाममा फैलाइएको हल्लाको पछाडि नलाग्न पनि सबैलाई आग्रह गरे । ‘केही गुनासा भए पार्टीभित्रै बसेर छलफल गर्न सकिन्छ तर विधि विधानबाहिर गएर सञ्चालन हुने गतिविधि पार्टीलाई मान्य हुँदैन‘, देउवाले भने । 

सभापति देउवाले पार्टीलाई तलदेखि माथिसम्म समावेशी बनाएर लैजान बनेको महासमितिको बैठकबाट पारित पार्टीको विधान काङ्ग्रेस पार्टीको आत्मविश्वासको प्रतीक भएको बताए । 

तनहुँको शुक्लागण्डकीमा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र खारेज हुन नदिने बताउँदै पूर्वप्रधानमन्त्री देउवाले सरकार हत्या, हिंसा र बलात्कारका दोषीलाई कारवाही गर्न असफल भएकोले उसका क्रियाकलापविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन पनि दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =