डा. गोविन्द केसीका मागहरू पूरा भइसक्योः गोकुल बाँस्कोटा

पुस २६, काठमाडौँ । सञ्चार मन्त्री गोकुल बाँस्कोटाले इलाममा अनशनरत डा. गोविन्द केसीले उठाएका अधिकांश माग पुरा भइसकेको बताएका छन् ।
बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले चिकित्सा शिक्षासँग जोडिएका डा. गोविन्द केसीका मागहरु पुरा भइसकेको भन्दै यतिबेला केसीले उत्सव मनाउनुपर्ने टिप्पणी गरे ।
null
‘चिकित्सा शिक्षासँग जोडिएका उहाँका अधिकांश माग पुरा भइसकेका छन् । यो त डा. केसीले अनशन बस्ने होइन उत्सव मनाउनु पर्ने बेला हो जस्तो लाग्छ’, प्रवक्ता बाँस्कोटाले भने ।
१५ औं अनशनमा भएको सम्झौता विपरित सरकारले चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै बुधबारदेखि इलाममा अनशन थालेका छन् । डा.केसीले १५ औँ अनशनका मागसहित निर्मलाका दोषीलाई कारबाही र द्वन्द्वपीडितहरुको मुद्दा लगायतका विषय पनि थप गरेका छन् ।
डा. केसीले उठाएका द्वन्द्वकालीन मुद्दाहरुलाई मन्त्री बाँस्कोटाले विशुद्ध व्यवसायिक नभएको आरोप लगाए । ’विषय अनेक जोडिएर आएका छन्। विशुद्ध छैन। खिचडी पनि हो कि हेर्नुहोला’, बास्कोटाले भने ।








